०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रधानमन्त्री ओली कतार एयरको विमान क्युआर ७४८ बाट दोहाहुँदै काठमाडौ जाने कार्यतालिका रहेको छ । विमानस्थलमा राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपाली कार्याबहाक राजदुत कुमार खरेल लगायतले विदाई गरेका थिए ।
प्रधानमन्त्री ओली स्वदेश फर्किए

न्यूयोर्क। संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागि हुन अमेरिका आएका प्रधानमन्त्री केपी शर्मा ओली आइताबार स्वदेश फर्केका छन्। प्रधानमन्त्री ओलीको टोली आइताबार विहान ११ः४० बोस्टनको लोगन अन्तरराष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै नेपाल प्रस्थान गरेका हुन्। 

फोटो स्रोतः रामप्रसाद खनालको फेसबुक

प्रधानमन्त्री ओली कतार एयरको विमान क्युआर ७४८ बाट दोहाहुँदै काठमाडौ जाने कार्यतालिका रहेको छ। विमानस्थलमा राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपाली कार्याबहाक राजदुत कुमार खरेल लगायतले विदाई गरेका थिए। 

प्रधानमन्त्री ओली राष्ट्रसंघको महासभामा सहभागी भई शुक्रबार बोस्टनतर्फ प्रस्थान गरेका थिए । बोस्टनमा प्रधानमन्त्री ओलीले सोही दिन साँझ हावर्ड युनिभरसिटीमा आयोजित अन्तक्रिया कार्यक्रममा सम्बोधन तथा अन्तरक्रिया गरेका थिए भने शनिबार नेपाली टोलीसंग भेटघाट तथा बोस्टनको केही स्थलहरुमा अब्लोकन कार्यक्रममा सहभागी भएका थिए। 

फोटो स्रोतः रामप्रसाद खनालको फेसबुक

शनिबार दिउसो बोस्टनको ब्रेन्ट्रीमा अवस्थित नेपाली समुदायद्धारा स्थापन गरिएको पशुपति बौद्ध मन्दीर तथा सामुदायिक भवनको अवलोकन गरेका थिए भने दिउसो नै क्ले माउन्टस्थित स्मारक स्थलको समेत अवलोकन गरेका थिए। क्ले माउन्टतर्फ जाने क्रममा केन्ब्रिजस्थित मानर्थ महावाणिज्यदूत प्राल्हाद केसीको आफ्नै घरमा रहेको कार्यालय उद्घाटन गरेका थिए। 
 
यसैवीच नेपालमा शुक्रबारबाटै परेको अविरल वर्षाबाट आएको बाढी र पहिरोमा परि ठूलो जनधनको क्षति भएको अवस्थामा राष्ट्रसंघको बैठक सकेपछि पनि प्रधानमन्त्री अनौपचारिक भ्रमण र अवलोकनका लागि अमेरिकामै व्यस्त भएको भन्दै सामाजिक संजालमा आलोचना भएको छ। प्रधानमन्त्री ओलीले शनिबार नेपालमा संपर्क गरेर कार्यबहाक प्रधानमन्त्री र गृहमन्त्री लगायतसंग छलफल गरी उद्धार र राहतको बारेमा निर्देशन तथा जानकारी लिएपनि समयमा उद्धार कार्य हुन नसक्दा झण्डै दुई सयजनाको ज्यान गएपछि आक्रोस बढेको हो। कतिपयले भने देशमा प्राकृतिक विपत्ति आइपर्दा भ्रमण छोट्याएर स्वदेश फर्किनुपर्ने बेलामा निजी घरमा पुगेर कार्यालय उद्धघाटन गर्दै दिन विताएको भन्दै आक्रोश समेत पोखेका छन्। प्रधानमन्त्री ओली सोमबार साँझ काठमाडौ पुग्ने कार्यक्रम रहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू