न्यूयोर्क । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागि हुन न्यूयोर्क आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बोस्टनतर्फ प्रस्थान गरेका छन् । महासभाको मुख्य बैठकमा सरकार प्रमुखको हैसियतले सम्बोधन सकेपछि प्रधानमन्त्री ओली बोस्टनतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओलीले आजै साँझ हारभोर्ड विश्व विद्यालयमा नेपाली विद्यार्थीहरुलाई सम्बोधन र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमनत्री ओली शनिबार केही अनौपचारिक अध्ययन भ्रमणमा सहभागी भएर यही सेप्टेम्बर २९ मा
बोस्टनको लोगन अन्तरराष्ट्रिय विमानस्थलबाट नेपाल प्रस्थान गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीको टोली कतार एयरको विमानबाट दोहाहुँदै काठमाडौ जाने कार्यतालिका रहेको छ ।
परराष्ट्रमन्त्री राणा सोमबार नेपाल फर्किने
यसैवीच प्रधानमन्त्री ओलीकै भ्रमण टोलीमा सहभागी परराष्ट्रमन्त्री आरजु राणा देउवा भने राष्ट्रसंघको ७९ औं महासभाको बैठकमा शुक्रबार पनि सहभागी भएका छन् । मन्त्री राणा महासभाको बैठक सकेर शनिबार वासिङटन डिसीमा प्रस्थान गर्ने कार्यक्रम रहेकोे छ । परराष्ट्रमन्त्री राणाले वासिङटन डिसीमा दुइपक्षीय भेटघाटका कार्यक्रमहरुमा सहभागी भएर यही सेम्टेम्बर ३० मा नेपाल फर्किने कार्यतालिका रहेको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि कार्यालयले जानकारी दिनएको छ ।







प्रतिक्रिया