न्यू योर्क। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आइतबार न्यूयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ। म्यानह्याटनको लाट होटेलमा भएको भेटवार्तामा दुई देशबीच विद्यमान समस्याबारे प्रधानमन्त्री तहमा कुरा गर्ने सहमति भएको छ। त्यसका लागि ओलीको निमन्त्रणामा मोदीले छिट्टै नेपाल भ्रमण गर्ने सहमति जनाएका छन्।
आइतबार साँझ करिब ४० मिनेट भएको भेटवार्तापछि नेपालकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले मोदीले छिट्टै नेपाल भ्रमण गर्ने सहमति जनाएको बताइन्। बैठकपछि पत्रकारहरुसंग संक्षिप्त कुरा गर्दै उनले भनिन्, ‘मोदीजीले छिट्टै नेपाल भ्रमण गर्छु भन्नुभएको छ। भ्रमणको लागि यसअघि नै निमन्त्रणा भइसकेको छ।’
म्यानह्याटनको लाट होटेलमा भएको भेटवार्तामा दुई देशबीच विद्यमान समस्याबारे प्रधानमन्त्री तहमा कुरा गर्ने सहमति भएको छ।
भेटवार्तामा दुई प्रधानमन्त्री बीच साझा चासोका सबै विषयमा कुराकानी भएको र उच्चस्तरीय भ्रमण आदन प्रदान गरेर समस्या समाधानको पहल गर्ने सहमति भएको भेटमा सहभागी परराष्ट्र मन्त्रालयका अधिकारीले बताए। प्रधानमन्त्री तहको भ्रमणको तयारीका लागि द्विपक्षीय संयन्त्रले गृहकार्य गर्ने ती अधिकारीको भनाइ छ। भेटवार्तामा प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, सहसचिव तथा प्रवक्ता अमृत राई लगायतका अधिकारीको सहभागिता थियो । यसैगरी भारतको तर्फबाट प्रधानमन्त्री मोदीसँगै विदेशमन्त्री एस. जयशंकर र विदेश सचिव विक्रम मिस्री लगायतको उपस्थिति रहेको थियो ।

नेपालका प्रधानमन्त्रीले नियुक्ति पछि पहिलो विदेश भ्रमण भारतबाट शुरु गर्ने अघोषित प्रचलन जस्तै छ। प्रधानमन्त्री ओलीले भने पहिलो विदेश भ्रमण अमेरिकाबाट शुरु गरेको छ । यो भ्रमणलाई लिएर भारतीय संचार माध्यमहरुले नेपालका प्रधानमन्त्रीले भारतबाट पहिलो विदेश भ्रमण गर्ने पराम्परा तोडेको टिप्पणी गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुअघि भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बे र कुबेतका राजकुमार शैख सबाह अल खालिद अल हमाद अल मुबारक अब सबाहसंग भेटवार्ता गरेका थिए ।
फोटोः दिनेश भण्डारी








प्रतिक्रिया